बारा,
बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुर सीमा ईलाकाबाट साउन ९
गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतको पूर्वी चम्पारण
जिल्ला आदापुर घर बताउने १८ वर्षिय सन्तोष कुमार रजकलाई पक्राउ गरेको छ ।
भारतीय नम्बरको मोटरसाईकलमा सवार निज रजकलाई सशस्त्र प्रहरी बल नेपाल
फरवार्ड सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच
गर्दा उनको साथमा डाईजापाम ८ सय ९० वटा, नोफ्रिन ९ सय १ वटा र फेरागन ९
सय २५ वटा फेला पारेको हो ।
पक्राउ परेका रजकलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको
लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
