झापा,
झापा जिल्लाको कन्काई नगरपालिका ४ स्थित एक घरबाट असार ३ गते सशस्त्र
प्रहरीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको करीव ३८ क्यूफिट सालको
चिरान काठसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको कन्काई नगरपालिका ४ त्रिवेणी टोल बस्ने
३५ वर्षिय सविन राई र ३६ वर्षिय राजु शिवाकोटी छन् ।
उनीहरुले उक्त काठ अवैध रुपले ल्याई चिरान गर्दै गरिरहेको भन्ने खबर
पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र
प्रहरीले सो काठसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव-डिभिजन वन
कार्यालय सुरुङ्गामा बुझाईएको छ ।