सर्लाही,
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट असार २८ गते
सशस्त्र प्रहरीले करीव २ लाख ४८ हजार रुपैयाँ बराबरको चाँदीको गहना बरामद
गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ के.जी. १८
ग्राम चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट
खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीलाई
टाढैबाट देख्नासाथै उक्त चाँदीको गहना ल्याउने व्यक्ति फरार भएका थिए ।
बरामद चाँदीको गहना भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।