धनुषा,
अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला
नदिको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल
उद्वार गरेको छ ।
रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको वाहव
बढ्न गई उक्त नदिको बीच भागमा रहेको टापुमा फसेका थिए ।
उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथै तत्कालै
सशस्त्र प्रहरी बल नेपाल नमबर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक
ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र
प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको
सकुशल उद्वार गरेको हो ।
उद्वार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षिय गणपती यादव, ४०
वर्षिया सितादेवी यादव र २७ वर्षिय संजय अधिकारी छन् ।