कपिलवस्तु,
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट असार २ गते
सशस्त्र प्रहरीले करीव ४ लाख ७५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका
औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी
बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद
गरेको हो ।
बरामद औषधी भन्सार कार्यालय सुथौलीमा बुझाईएको छ ।