महोत्तरी,
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट असार १ गते
सशस्त्र प्रहरीले करीव २ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा, कस्मेटिक सामान र मोटरसाईकलको पार्ट्स सशस्त्र प्रहरी बल
नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो
।
बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।