काठमाडौं,
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ अलौस्थि सीमा ईलाकाबाट जेठ २७
गते सशस्त्र प्रहरी करीव ३ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ना ४९ प ३१२७ नम्बरको मोटरसाईकलमा नेपालतर्फ
ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट
अलौबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र
प्रहरीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।
बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख रुपैयाँ रहेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको
सशस्त्र प्रहरीले जेठ २७ गते करीव २ लाख १ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा,
किराना सामान र मोटर पार्ट्स सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी
गाउँपालिका ७ शंकरचोकस्थित सीमा ईलाकबाट बरामद गरेको हो ।
बरामद सामान जलेश्वर भन्सार कार्यालय भिट्टामोडमा बुझाईएको छ ।