काठमाडौं,
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित चाँदनी चोकबाट जेठ २३ गते
सशस्त्र प्रहरीले करीव २ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
कस्मेटिक सामान, मोवाईल र औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट
पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र
प्रहरीले जेठ २३ गते करीव एक लाख ९९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
सुर्तीजन्य पदार्थ र लत्ताकपडा बरामद गरेको छ ।
भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले बाँके
जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवाबाट बरामद गरेको हो
। बरामद सामान भन्सार कार्यालय नेपालगंजमा बुझाईको छ ।