झापा, झापा जिल्लाको झापा गाउँपालिका १ सितुमारी बगान ईलाकास्थित मकै वारीबाट जेठ ११ गते सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका किराना सामान बरामद गरेको छ । सो ठाउँमा वेवारिसे अवस्थामा रहेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टागनडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालयमा बुझाईएको छ ।
APF