सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित डलुवाबाट जेठ ६ गते सशस्त्र प्रहरीले करीव ६ लाख २२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बर्साईनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
APF