काठमाडौं, सर्लाही जिल्लाको विष्णु गाउँपालिका १ बेलकाबाट बैशाख ३० गते एपीएफ टोलीले ८४ ट्याब्लेट स्पार्क र ६ बोतल कोडील नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कौडेना गाउँपालिका ९ बस्ने २२ वर्षिय होसनारायण पासवान र २८ वर्षिय राजेश कुमार पटेल छन् । बीआर ०६ टि ६२२९ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गडौटामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बैशाख ३० गते २६ बोतल कोरेक्ससहित महोत्तरी जिल्लाको सम्सी गाउँपालिका २ पचौडेवाडबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बर्दिवास नगरपालिका ११ बस्ने २८ वर्षिय प्रेमबहादुर रानामगर र २० वर्षिय रकि चुरौटे छन् । प्रदेश नं. ०२-०२-००१ च ०१८५ नम्बरको बलेरो जीपमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा जीपसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।
APF