पर्सा,
पर्सा जिल्लाको बिरगंज महानगरपालिका २४ स्थित सीमा ईलाकाबाट बैशाख ६ गते
एपीएफ टोलीले करीव १३ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
हार्डवयरका सामान बरामद गरेको छ ।
बीआर २२ जीए ५०२१ नम्बरको भारतीय ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै
गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट
खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त ट्याक्टर समेत
बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद सामान तथा ट्याक्टर राजस्व अनुसन्धान कार्यालय
पथलैयामा बुझाएको छ ।