सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच
पुजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलो पुजामा सशस्त्र प्रहरी अधिकृत
तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो ।
बिहान ८ बजेर ४१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र
प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप
लगाउनुभयो ।
सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा
सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो
।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले चैतेदशैंको अवसरमा हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मौलोपुजा व्यवस्थापनमा
उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद
पुरस्कार समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र
रामशरण पौडेल लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको
थियो ।