पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका १ बासा स्थित सीमा ईलाकाबाट बैशाख ६ गते एपीएफ टोलीले करीव ६ लाख १४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
APF