पर्सा,
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट बैशाख ५ गते
एपीएफ टोलीले २६ बोतल वीन सिरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ
गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्ज
बस्ने २८ वर्षिय सुभाष गुरुङ्ग छन् ।
ना ९ प ३०५८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज
गुरुङ्गलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको
एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि
पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद
गरेको छ ।
पक्राउ परेका गुरुङ्गलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक
कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
यसैगरी सोही जिल्लाकै बिरगंज महानगरपालिका १६ स्थित शंकाराचार्य भन्सार
गेट ईलाकाबाट बैशाख ५ गते एपीएफ टोलीले करीव ४ ग्राम ब्राउन सुगरसहित दुई
जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्की जिल्लाको पोखरा महानगरपालिका १२ बस्ने २९
वर्षिय रक्षामान गौतम र कमवानपुर जिल्लाको भिमफेदी गाउँपालिका ६ बस्ने ५०
वर्षिय दिपेन्द्र प्रसाद श्रीवास्तव छन् ।
भारतबाट ग ११ प ६९६६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी
बल नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच
गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउनसुगर फेला परेपछि पक्राउ
गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद ब्राउनसुगर तथा मोटरसाईकलसहित आवश्यक
कारवाहीको लागि जिल्ला प्रहरी कार्यलय पर्सामा बुझाईएको छ ।
