काठमाडौं,
झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका ४ देवी बस्ती स्थित एक कृषी
फर्ममा बैशाख ५ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय
वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
सोही ठाउँमा रहेको विकास विमलीले संचालन गरेको बुद्धशान्ति नमुना कृषि
फर्ममा विद्युतीय तार सर्ट भई सो आगलागी हुदाँ करीव ६० लाख रुपैयाँ
बराबरको सामान तथा चौपाया जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे
जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी सुरक्षा वेश
टिमाईबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको
थियो ।
यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका ७ गार्वेन चोकमा यादव प्रसाद
पोखरेलले संचालन गरेको यति फर्निचर उद्योगमा विद्युत सर्टभई आगलागी हुँदा
करीव ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।
सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण
झापाबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको
सहयोगमा सो आगलागी नियन्त्रणमा ल्याएका छन् ।