पश्चिम नवलपरासी,
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १४ स्थित पिपल डाँडा भन्ने
स्थानबाट चैत्र २३ गते एपीएफ टोलीले करीव १ लाख १० हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी
बल, नेपाल सुरक्षा वेश सेमरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।