काठमाडौं,
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका ७ स्थित रतनपुरमा चैत्र १८ गते
भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, स्थानीय वासिन्दाले दमकलको
सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
सोही ठाउँमा रहेको गोपी सार्किले संचालन गरेको खाद्यान्न पसल तथा स्टोर
रहेको कच्ची घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करीव ५० लाख
रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।
उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५२
गुल्म डडेल्धुराबाट खटिएको एपीएफ टोली सो आगालगी नियन्त्रणमा सकृयताकासाथ
जुटेको थियो ।
यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ८ स्थित राष्ट्रिय वनमा
लागेको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, वन कार्यालयका कर्मचारी र
स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश
धरानबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।
उक्त आगलागीबाट करीव २÷३ हेक्टर वन जलेर नष्ट भएको बताईएको छ ।