झापा,
झापा जिल्लाको मेचीनगर नगरपालिका ९ मागुरमाडी ईलाकाबाट चैत्र १८ गते
एपीएफ टोलीले करीव दुई लाख ४० हजार रुपैयाँ बराबरको सालको काठसहित चार
जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बुधशान्ति गाउँपालिका ४ बस्ने ४०
वर्षिय बलबहादुर राई, ४० वर्षिय सुमन राई, ३० वर्षिय सुरेन राई र २३
वर्षिय दिपक तामाङ्ग छन् ।
मे १ त १३८६ नम्बरको ट्याक्टर र मे ३ प ८३७८ नम्बरको मोटरसाईकलमा राखी
ईलामबाट झापातर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको करीव ६० क्यूफिट
सालको काठसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणार्थी
सुरक्षा वेश टिमाईबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद काठ, उक्त ट्याक्टर तथा मोटरसाईकलसहित आवश्यक
कारवाहीको लागि सव डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाईएको छ ।
