काठमाडौं,
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १२ भटौलीयास्थित सीमा
ईलाकाबाट चैत्र १३ गते एपीएफ टोलीले करीब १ लाख ८४ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको
एपीएफ टोलीले चैत्र १३ गते करीब १ लाख ८९ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको इलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त ईलेक्ट्रोनिक्स सामान
तथा मोटर पार्ट्स रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १
बाईपासस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।
एपीएफ टोलीले बरामद ईलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स भैरहवा
भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको एपीएफ
टोलीले चैत्र १३ गते महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ५ स्थित सीमा
ईलाकाबाट करीब १ लाख ५३ हजार रुपैयाँ बराबरको भन्सार छलीको किराना सामान
तथा लत्ताकपडा बरामद गरेको छ ।
बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।