झापा,
झापा जिल्लाको कचनकवल गाउँपालिका ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज
जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टा नेपाल भारत सीमा ईलाकामा रहेको सानो
सीमा स्तम्भ बाढिको कारण विगतमा हराईरहेकोमा चैत्र ६ गते विहान एपीएफ
टोलीले फेला पारेको छ ।
सीमा स्तम्भ नम्बर ११९÷८ (सानो) खोलाले बगाई हराईरहेको थियो । सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचना झापाबाट सशस्त्र प्रहरी
निरीक्षक भक्तबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सीमा
स्तम्भ सोही स्थानमा खोलाले पुरिएको अवस्थामा शुक्रबार फेला पारिएको हो ।
सो सीमा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताईएको छ ।