पश्चिम नवलपरासी,
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ स्थित चिसापानीबाट चैत्र
७ गते एपीएफ टोलीले करीब ४ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।