काठमाडौं,
सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको
खुल्ला प्रतियोगिताको लिखित परिक्षामा २ हजार २ सय २७ जना परिक्षार्थी
उत्तिर्ण भएका छन् ।
हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गरिने
साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा
नेपालभरबाट १९ हजार ५ सय ३४ जना परिक्षार्थीहरु सहभागि रहेका थिए ।
सबै प्रदेशका परिक्षा केन्द्रमा संचालन भएको सो परिक्षाको नतिजा
शुक्रबार साँझ प्रकाशित गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपालमा भर्ना तथा छनोट प्रकृया निश्पक्ष र पारदर्शी
रुपमा संचालन हुने गरको छ ।