ताप्लेजुङ्ग,
ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाउँपालिका २ स्थित थुम्वा भन्ने
स्थानमा निर्माणधिन सानिमा हाईड्रोपावरको सुरुङ्गभित्र पुरिएर बेपत्ता
भएका दुई जनाको शव एपीएफ टोलीले फागुन २२ गते फेला पारेको छ ।
उक्त हाईड्रोपावरको सुरुङ्गभित्र काम गर्ने क्रममा अचानक माटोको ढिस्को
खसेर पुरिएर बेपत्ता भएका भोजपुर जिल्ला घर भएका २८ वर्षिय सन्तोष
बानियाँ र उदयपुर जिल्ला बस्ने २७ वर्षिय अम्मर विश्वकर्मा रहेका छन् ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश
ढुङ्गेसाँघुबाट सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर वेगाको
कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सुरुङ्गबाट उनीहरुको शव बाहिर
निकालेको हो ।