सप्तरी,
सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट फागुन
१७ गते एपीएफ टोलीले श्रोत नखुलेको ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई
पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको छिन्नमस्ता गाँउपालिका १ बस्ने ५५ बर्षिया
गितादेवी महतो छिन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठी कोईलाडीबाट
खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
एपीएफ टोलीले उनलाई शंका लागि जाँच गर्दा उल्लेखित रुपैयाँ फेला परेको र
उनले सो रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकी महतोलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार
कार्यालय तिलाठीमा बुझाइएको छ ।