काठमाडौं,
बारा जिल्लाको कलैया उपमहानगरपालिका १० स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले
फागुन १६ गते करीब १ लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ
टोलीले बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हथिहवाबाट खटिएको
एपीएफ टोलीले फागुन १७ गते कपिलवस्तु जिल्लाको सुद्धोधन नगरपालिका ५
बिष्णुपुरबाट करीब १ लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
भन्सार छलीको उक्त लत्ताकपडा एपीएफ टोलीले बरामद गरी स्थानीय भन्सार
कार्यालयमा बुझाएको छ ।