काठमाडौं,
सिरहा जिल्लाको औरही गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट फागुन १६ गते
एपीएफ टोलीले करीब २ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईट्टाटारबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको
एपीएफ टोलीले फागुन १५ गते करीब एक लाख ४२ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
उल्लेखित मूल्य बराबरको चोरीपैठारीको गहना राख्ने बट्टा कञ्चनपुर
जिल्लाको भिमदत्त नगरपालिका १० स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।