कन्चनपुर, कन्चनपुर जिल्लाको बेलौरी नगरपालिका र बेलडाँगी गाँउपालिकाको सीमा ईलाकाबाट माघ २८ गते एपीएफ टोलीले करीव एक लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न किसिमका किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कन्चनपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।
APF