पाँचथर,
पाँचथर जिल्लाको फालेलुङ गाँउपालिका ५ स्थित सामुदायिक बन इलाकाबाट माघ
२७ गते एपीएफ टोलीले करीव दुई लाख ७२ हजार रुपैयाँ बराबरको सालको काठ
बरामद गरेको छ ।
सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ३ सय २
क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
सुर्खेथमबाट खटिएको एपीएफ टोलीले बराद गरेको हो ।
बरामद काठ सव-डिभिजन वन कार्यालय फालेलुङमा बुझाईएको छ ।