रुपन्देही,
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ स्थित रामापुरबाट माघ २७ गते
एपीएफ टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ
बरामद गरेको छ ।
सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको एक सय २०
क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश विष्णुपुरबाट
खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद काठ सव-डिभिजन वन कार्यालय मुर्गीयमा बुझाईएको छ ।