सप्तरी,
सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाबाट मंसीर ११ गते
एपीएफ टोलीले करीव ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित
दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षिय मिथिलेस यादव र भारतमा घर
बताउने २१ वर्षिय शिवभजन यादव छन् ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको
एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लत्तापकडासहित आवश्यक कारवाहीको लागि स्थानीय
भन्सार कार्यालमा बुझाईएको छ ।