मोरङ,
मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा ईलाकाबाट
मंसीर १२ गते एपीएफ टोलीले १ सय ५० वटा नाईट्रोजन ट्याब्लेटसहित एक जनलाई
पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बेलवारी नगरपालिका ५ बस्ने ४२ वर्षिय
बलबहादुर नेपाली छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
रानीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त
लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका निज नेपालीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ ।