झापा,
झापा जिल्लाको कचनकवल गाउँपालिका १ स्थित मरिच बगान ईलाकाबाट मंसीर ९
गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको विभिन्न औषधी बरामद गरेको
छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी
बल, नेपाल बोर्डर आउट पोष्ट घेरवारीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको
हो ।