बारा,
बारा जिल्लाको विश्रामपुर गाउँपालिका ३ स्थित मुसरुवा ईलाकाबाट मंसीर ९
गते एपीएफ टोलीले करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चाँदी बरामद गरेको
छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल
बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै निजले
बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा
उल्लेखित मुल्य बराबरको एक हजार एक सय ६४ ग्राम चाँदी फेला परेपछि बरामद
गरिएको हो ।
बरामद चाँदी भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।