ईलाम,
ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल,
नेपाल बोर्डर आउट पोष्ट (बिओपी) जौवारी स्थापना भएको छ ।
नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा
सोही प्रदेशका कृषीराज्य मन्त्री राम रानाले मंसीर ८ गते आयोजित एक
समारोहका बीच उक्त बिओपीको उद्घाटन गर्नुभएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो
बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण,
सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ ।
ईलाम जिल्लाको सदरमुकाम देखि करीव ३९ किलोमिटरको दुरिमा नेपाल भारत
सीमानाका भन्दा करीव १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट
दैनिक कार्य सुचारु गरेको छ ।
सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोवस्तीका सामानसहित सो
ठाउँमा खटिएको हो ।
नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा
अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर
आउट पोष्टहरु थप गर्दै लगिएको हो ।
हालसम्म १८९ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ भने पहिलो चरणमा
निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ
आवश्यक कार्य भइरहेको छ ।