झापा,
झापा जिल्लाको कचनकबल गाँउपालिका ३ स्थित डाँगीबारी इलाकाबाट मंसिर ०५
गते एपीएफ टोलीले करीब एक लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
सुर्तिजन्य पदार्थ र हार्डवयरका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र
प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम
बहादुर भन्डारीको कमान्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
यसैगरी कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ७ स्थित सिमा इलाकाबाट
मंसिर ०४ गते एपीएफ टोलीले करीब दुई लाख ३१ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको युरिया मल र हार्डवयरका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी कन्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका १० स्थित सिमा इलाकाबाट
मंसिर ०४ गते एपीएफ टोलीले करीब एक लाख ५ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको मोबाइलसेट बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मोबाइलसेट सशस्त्र
प्रहरी बल, नेपाल बोडर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले बरामद
गरेको हो ।
बरामद मोेबाइलसेट एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।