झापा,
झापा जिल्लाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर इलाकाबाट
कार्तिक २२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तिन जनालाई
पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्ला स्थित भुटानी शरणार्थी शिविरमा बस्ने २३
बर्षिय चन्द्र बहादुर मगर तथा इलाम जिल्लाको चुलाचुली गाँउपालीका ३ बस्ने
मौसम राई र कृष्ण बानीयाँ छन् ।
सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणाथी सुरक्षा बेस बेलडागीबाट खटिएको
एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
को २२ प ७२२ नम्बरको मोटरसाइकलमा सबार उनिहरुलाई एपीएफ टोलीले शंका लागि
जाँच गर्दा उनीहरुको साथमा रिमडोल १० ट्याब्लेट र सास्पेन १० ट्याब्लेट
फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाइएको छ ।