रौतहट,
रौतहट जिल्लाको मौलापुर नगरपालिका ५ स्थित मौलापुरबाट कार्तिक १८ गते
एपीएफ टोलीले करीब एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक
सामान र किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।