पाँचथर,
पाँचथर जिल्लाको फिदिम नगरपालिका १३ लुङग्रुपास्थित पौवा भन्ज्याङ्गबाट
कार्तिक ५ गते एपीएफ टोलीले पात्ले र बन्ठे जातको करीब ३० लाख ७८ हजार
रुपैयाँ बराबरको चिरान काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस राँकेबाट खटिएको एपीएफ टोलीले
उल्लेखित मूल्य बराबरको १७ सय नौ क्यूफिट चिरान काठ बरामद गरेको हो ।
सो ठाउस्थित डँुड सामुदायिक वन नजिकै वेवारिसे अवस्थामा रहेको उल्लेखित
काठ एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद काठ डिभिजन वन कार्यालय फिदिममा बुझाइएको छ ।