रुपन्देही,
रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट असोज २६
गते एपीएफ टोलीले करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य
बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।