झापा,
झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित ईटाभट्टा ईलाकाबाट असोज २५ गते
एपीएफ टोलीले करीव १ सय ६० ग्राम ८३ मिलिग्राम ब्राउन सुगरसहित दुई
जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षिय सुभास दर्जी र सोही
नगरपालिका ८ बस्ने ३५ वर्षिय सन्जिप राजवंशी छन् ।
मे १० प १६४२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल,
नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा
उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको थियो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित
आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको छ ।