झापा,
झापा जिल्लाको अर्जुनधारा नगरपालिका ४ दोकान डाँडाबाट असोज २२ गते एपीएफ
टोलीले करीव २५ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ ।
अवैध रुपले ल्याउँदै गरेको उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा
वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला काठ ल्याउने व्यक्तिले टाढैबाट एपीएफ टोलीलाई देख्नासाथै उक्त
काठ सोही ठाउँमा छाडी फरार भएका थिए ।
बरामद काठ स्थानीय वन उपभोक्ता समितीको कार्यालयमा बुझाईएको छ ।