बारा,
बारा जिल्लाको पचरौता नगरपालिका १ स्थित नहरको बाटोबाट साउन २९ गते
एपीएफ टोलीले करीब पाँच के.जी. गाँजासहित सोही जिल्लाको पचरौता नगरपालिका
७ बस्ने ३५ बर्षिय अर्जुन साहलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपातीबाट खटिएको एपीएफ
टोलीले निज साहलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाइएको छ ।