कैलाली,
        कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १९ लल्लीपुरस्थित नयाँ बस्तीमा
साउन २६ गते मोहना नदीमा आएको पानीको बहाव बढेर डुवानमा परेकाहरुको एपीएफ
टोलीले उद्धार गरेको छ ।
        सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण
कैलाली र बोर्डर आउट पोष्ट फुलबारीबाट एपीएफ टोली खटिई गई सो ठाउँमा
अस्थायी टहरा बनाएर बसेका करीब २० घर परिवारका २५ जनालाई उद्धार गरी
सुरक्षित स्थानमा सारिएको हो ।

APF