डोटी,
डोटी जिल्लाको शिखर नगरपालिका ८ बौघाटस्थित सेती नदीको बीच भागमा अलपत्र
परेका सोही ठाउँ बस्ने ३० बर्षिय कवि बलयारलाई एपीएफ टोलीले साउन २६ गते
सकुशल उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३६ गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक
केशवराज अवस्थीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित
खटिएको एपीएफ टोलीले उनको सकुशल उद्धार गरेको हो ।
निज बलायर सो नदीमा बाढिले बगाएर ल्याएको काठ झिक्ने क्रममा पानीको
बहावसँगै बगेर नदीको बीच भागमा परेका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथै तत्कालै खटिएको एपीएफ टोलीले निज
बलायरलाई बोटको सहायतले सकुशल उद्धार गरेको हो ।