रुपन्देही,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भजौलीस्थित सीमा ईलाकाबाट
साउन ४ गते एपीएफ टोलीले करीब एक लाख १७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल
नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
      

APF