धादिङ,
धादिङ जिल्लाको गजुरी गाँउपालिका ५ घाँटबेसीमा साउन ५ गते पहिरो सँगै
आएको भेलमा परी बगेको एक कारबाट एपीएफ टोलीले एक लाख ५० हजार रुपैयाँ तथा
एउटा ल्यापटप बाहिर निकाली सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस
आदमघाटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशप्रसाद रिजालको कमाण्डमा
खटिएको एपीएफ टोलीले भेलमा बगेको सो कारबाट उल्लेखित रकम तथा ल्यापटम
सुरक्षित रुपमा निकालेको हो ।
त्यसवेला उक्त कारमा सवार व्यक्तिहरु कारबाट बाहिर निस्कन सफल भएका थिए
भने उक्त कार भेलले त्रिशुली नदीको किनारमा खसालेको बताईएको छ ।