काठमाडौं,
बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ लंगडाटोलबाट साउन १ गते एपीएफ टोलीले
चोरीपैठारीको किराना सामान बरामद गरेको छ
भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त
सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको
एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । बरामद
सामान तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव एक लाख ७१ हजार रहेको छ
।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छतौनाबाट खटिएको
एपीएफ टोलीले साउन २ गते करीव एक लाख २४ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित
मुल्य बराबरको लत्ताकपडा र किराना सामान एपीएफ टोलीले सर्लाही जिल्लाको
बलरा नगरपालिका ९ खरुवाबाट बरामद गरेको हो ।
त्यसवेला सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान र
मोटरसाईकल सोही ठाउँमा छाडी भागी फरार भएका थिए ।
बरामद समान तथा मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वर स्थित सीमा
ईलाकाबाट साउन २ गते एपीएफ टोलीले करीव एक लाख तीन हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
ज ९ प ७२७७ नम्बरको मोटरसाईकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको
अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल राजस्व तथा भन्सार
सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।