काठमाडौं,
विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको उद्धार कार्यमा
एपीएफ टोलीले सकृयताका साथ जुटेको छ ।
स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका ४ खहरेमा पहिरो खसेर ६ जना
बेपत्ता भएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३०
गुल्म स्याङ्जाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनीहरुको खोजी
कार्यमा जुटेका छन् ।
उक्त पहिरोमा परी पुरिएकाहरुमध्ये सोही ठाउँ बस्ने ६७ वर्षिय होमनाथ
पाण्डे र ५५ वर्षिय बीरबहादुर रानालाई घाइते अवस्थामा उद्वार गरी
उपचारार्थ प्राथमिक स्वास्थ्य केन्द्र दिर्घामा पठाईएको छ भने एक जनाको
शव फेला परेको छ । बेपत्ता तीन जनाको खोजीकार्य भईरहेकोे छ ।
यसैगरी उदयपुर जिल्लाको वेलका नगरपालिका १ स्थित वेलिमा अविलर वर्षाको
कारण त्रियुगा नदिमा आएको बाढिले जमिन कटान गरी गाउँ नै जोखिममा परेपछि
उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामपुरबाट खटिएको
एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दा सकृयताकासाथ अस्थायी बाँध
बाध्ने कार्यमा कार्यमा जुटेका छन् ।
यसैगरी सुनसरी जिल्लाको रामधुनी नगरपालिका ८ स्थित सुनसरी खोलामा स्थानीय
एक बालक पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट एपीएफ टोली उनको खोजी तथा
उद्वार कार्यमा जुटेको छ ।
यसैगरी रौतहट जिल्लाको राजदेवी नगरपालिका ४ वसन्तपुरमा बागमती नदिले ठोकर
कटान गरेपछि त्यस ठाउँमा नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र
स्थानीय वासिन्दा अस्थायी बाँध बाध्ने कार्यमा जुटेका छन् ।
यसैगरी नवलपरासी जिल्लाको विनयत्रिवेणी गाउँपालिका २ स्थित दाउन्नेमा
पहिरो खसेर पूर्व पश्चिम लोकमार्ग अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल,
नेपाल सुरक्षा वेश सर्दीबाट एपीएफ टोली खटिई गई स्थानीय प्रहरी तथा
जेसीबीको सहयोगमा उक्त पहिरो हटाईएको छ ।