झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित देवीबस्तीबाट असार २५ गते एपीएफ टोलीले करीब एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ बरामद गरेको छ । अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस कालिकातीबाट खटिएको एपीएफ टोलीले उक्त सुर्तिजन्य पदार्थ बरामद गरेको हो । एपीएफ टोलीले बरामद सुर्तिजन्य पदार्थ स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
APF